देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन्, सरकारले सार्वजनिक विदा दियो ।

 

काठमाडौं, वैशाख २० गते ।

आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायका मान्छेले यस पर्वमा विशेष नमाज पढ्छन् । त्यसपछि मान्यजनकोमा गएर आशिर्वाद लिन्छन् । आशिर्वाद लिन आउनेहरुलाई सेवई र खजुर जस्ता खानेकुरा खुवाउने गरिन्छ ।

यस पर्वको अवसरमा गरिबहरुलाई दान दिने गरिन्छ । मुस्लिम समुदायका मान्छेले वर्षभर आफूले कमाएको सम्पत्तिको साढे दुई प्रतिशत दान गर्छन् । आफ्नो आम्दानी अनुसार नगद र जिन्सी दान गरिन्छ । दान गरिएको नगद र जिन्सीलाई जकात भन्ने गरिन्छ । एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाउने गरिन्छ । एक वर्षभर गरिएका पापबाट मुक्ति पाउन रोजा गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *