फत्तेमानका गीत गाउँबेसी र गोठाला खेताला गर्नेहरुले समेत गाउँदै रमाउँथे ।

 

काठमाडौं, चैत्र २१ गते ।

यस्तो पनि हुँदो रहेछ कहिले कहिले, मर्न बरु गाह्रो हुन्न, सान्नानीको गालैमा, वनै खायो डँडेलोले, जिन्दगीका पानाभरी आदि लगायतका कालजयी गीत गाएर नेपाली गीत संगीतको क्षेत्रमा ठूलो योगदान गरेका एक स्रष्टा फत्तेमान राजभण्डारीलाई नेपाली गीत संगीत क्षेत्रले ०७० सालको पूर्वाद्धमै गुमाउनुप¥यो । राष्ट्रले एक मुर्धन्य व्यक्तित्वलाई सधैंका लागि गुमायो ।

फत्तेमान राजभण्डारी नेपाली गीत संगीत क्षेत्रका एक नक्षेत्र नै हुन् । कुनै बेला उनले रेडियो नेपालबाट गाएका गीत देश तथा विदेशमा रहेका नेपालीहरुको मुखमा झुण्डिन्थ्यो । गीत गाउन नजान्नेहरुले पनि उनको गीत जानीनजानी भए पनि गाउँथे । गाउँबेसी र गोठाला खेताला गर्नेहरु पनि उनको गीत गुनगुनाएर रमाउने र आनन्द लिने गर्थे । गाउँगाउँमा हुने सांगीतिक कार्यक्रम र नाटक प्रदर्शनमा उनका गीत कुनै न कुनै रुपमा गुन्जिन पुगीहाल्थ्यो ।

सारा नेपालीका प्रिय यी सर्जकलाई गुमाउनुपर्दा नेपाली जनमानस भावविह्वल र शोकमग्न हुनु स्वाभाविक नै हो । हिन्दु धर्मावलम्बीहरुको आराध्य देवता पशुपति मन्दिर परिसरको जयबागेश्वरीमा जन्मनु भएका फत्तेमान राजभण्डारीको बाल्यकाल त्यही क्षेत्रमै बित्यो । पशुपति क्षेत्र भएकाले त्यहाँ भजनकीर्तनको माहोल हुन्छ । उनी पनि त्यही माहोलमा समाहित भएर भजनकीर्तनका पारखी बने ।

Recommended For You

Leave a Reply

Your email address will not be published.