आगामी स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता हुने ।

 

काठमाडौं, चैत्र १३ गते ।
आगामी स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता निर्वाचन आयोगले स्वीकृत गरेको छ । मिति २०७८ साल माघ २४ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ साल वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुनेले आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० जना रहेको छ । त्यसैगरी पुरुष मतदाताको संख्या ८९ लाख ९२ हजार १० जना रहेको छ । १८३ जना अन्य रहेको निर्वाचन आयोगले जानकारी गराएको छ । १० हजार ७५६ मतदान स्थल रहेका छन् । त्यसैगरी २१ हजार ९५५ मतदान केन्द्र निर्वाचन आयोगले स्वीकृत गरेको छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *