युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने नेटो, ईयू र जी सेभेन सम्मेलनमा सहमति ।

 

काठमाडौं, चैत्र १२ गते ।
पश्चिमा देशहरुको सैन्य गठबन्धन नेटो, युरोपेली संघ ईयू र सम्पन्न देशरुको समूह जी सेभेनको शिखर सम्मेलनमा पश्चिमा नेताहरुले थप एकता प्रदर्शन गरेका छन् । पुटिनले बिना कारण युक्रेनमाथि आक्रमण गरेको उनीहरुले आरोप लगाएका छन् । रुसी आक्रमणविरुद्ध युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमित गरेका छन् ।

युक्रेनमाथि आक्रमण शुरु गरेको ठिक एक महिनापछि भएको नेटो, ईयू र जी सेभेनको शिखर सम्मेलनमा पश्चिमा नेताहरुले पुटिनविरुद्ध थप ऐक्यबद्धता प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले युक्रेनमाथिको आक्रमणलाई अनुचित भएको बताएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको पश्चिमा देशहरुको शिखर सम्मेलनमा ३० भन्दा बढी देशका विश्व नेताहरुको सहभागिता रहेको थियो ।

उनीहरुले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाउने समेत समझदारी गरेका छन् । पूर्वी यूरोपका चार नेटो सदस्य देशहरुमा थप फौज परिचालन गर्ने समेत समझदारी गरेका छन् । बेलायतले युक्रेनलाई दिँदै आएको क्षेप्यास्त्रको संख्या दोब्बर बनाउने घोषणा गरेको छ । पुटिनले बिना कारण युक्रेनमाथि आक्रमण गरेका कारण रुस थप फस्दै गएको अमेरिकी राष्ट्रपति बाइडेनले प्रतिक्रिया दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *