अफ्गानिस्तानमा तालिवानी धार्मिक सत्ताले छात्रालाई पढ्नबाट फेरि पनि रोक लगायो ।

 

काठमाडौं, चैत्र १० गते ।
अफ्गानिस्तानको तालिवानी धार्मिक सरकारले छात्रालाई विद्यालय जानबाट पुनः रोक लगाएको छ । अन्तर्राष्ट्रिय समुदायको चर्को विरोध भएपछि तालिवानी धार्मिक सरकारले बुधबारदेखि विद्यालय जान दिने निर्णय गरेको थियो । विद्यालय जान दिने निर्णय कार्यान्वयन हुनुभन्दा केही घण्टाअघि निर्णय रद्द गरिएको हो ।

तालिवानी सरकारले अर्को निर्णय नभएसम्मका लागि छात्राहरुले विद्यालय जान नपाउने निर्णय गरेको छ । विद्यालय जान पाउने भएपछि खुसी भएका छात्राहरु निरास भएका छन् । तालिवानी धार्मिक सरकारको उक्त निर्णयको सर्वत्र विरोध भएको छ । तालिवानी सत्ता आएदेखि लाखौँ छात्राहरु घरमै बस्न बाध्य भएका छन् ।

तालिवानी सरकार महिला अधिकारको विषयमा अनुदार अनुदार छ । अधिकारवादीहरुको चर्को विरोधपछि केही लचिलो देखिएको तालिवानी धार्मिक सरकार पुनः अनुदार भएको छ । चर्को विरोधको बाबजुत पनि उक्त सत्ता महिलाको अधिकार पुनर्बहाली गर्न तयार भएको छैन । महिलाहरुप्रति कठोर नीति लिएको तालिवानले महिलाहरुलाई अध्ययन, अध्यापन, रोजगारी र भ्रमणमा रोक लगाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *