युद्धमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि पुटिनले घातक हमला गर्न सक्ने चिन्ता ।

 

काठमाडौं, चैत्र ५ गते ।
रुसले युक्रेनमाथि हमला शुरु गरेको चौबिस दिन पुगको छ । रुसको सैन्य क्षमता युक्रेनको भन्दा धेरै ठूलो भएका कारण शुरुकै दिनमा युक्रेनमाथि विजय गर्न सक्ने आँकलन गरिएको थियो । हमला शुरु गरेको पहिलो हप्तामै रुसले आक्रमण सम्पन्न गर्ने धेरैले आँकलन गरेका थिए । तर, आजसम्म युद्ध जारी छ । युद्ध लम्बिएसँगै विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न दुई लाखको संख्यामा सेना प्रयोग गरेको विश्लेषण गरिएको थियो । जल, थल र आकाशबाट एकैचोटी आक्रमण शुरु गरेको रुसले आजसम्म पनि राजधानी किभलाई नियन्त्रणमा लिन सकेको छैन ।

युक्रेनी सेना र जनताको कडा प्रतिरोध गर्न रुसी सेना बाध्य भएका छन् । युद्ध जति लम्बिँदै जान्छ त्यति नै रुसका लागि प्रतिकुल हुँदै गएको छ । रुस आजका दिनसम्म आईपुग्दा विश्वबाट अलग्गिएको छ । विभिन्न नाकाबन्दीहरुका कारण रुस संकटमा फस्दै गएको छ । अमेरिका लगायत युरोपेली देशहरुले युक्रेनलाई पर्याप्त सहयोग गर्दैैछन् । युक्रेनी राष्ट्रपति अझैसम्म राजधानी किभमै छन् । सेना र जनताको बीचमै रहेको अभिव्यक्ति दिइरहेका छन् । युक्रेनी जनताहरु पनि हतियार बोकेर युद्धमा होमिएका छन् । भाडाका सिपाहीहरुले पनि साथ दिइरहेको भनिएको छ ।

युक्रेनमाथिको आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिको लागि फलामको चिउरा बन्दै गएको विश्लेषण गरिएको छ । चौध हजार रुसी सेनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । रुसभित्रै पनि युद्ध अन्त्यका लागि राष्ट्रपति पुटिन विरुद्ध प्रदर्शन भएका छन् । किभ कब्जा गर्न अघि बढेको रुसी सेना रोकिएको छ । युक्रेनी सेनाको प्रत्याक्रमणमा धेरै रुसी सेनाको हताहती भएका कारण रुसी सेना अगाडि बढ्न नसकेको विश्लेषण गरिएको छ । युद्ध जित्न नसकेको आक्रोसमा पुटिनले नरसंहार हुने हमला गर्न सक्ने पनि विश्लेषण गरिएको छ । युद्धबाट बाहिर निस्कने कुनै उपाय हालसम्म देखिएको छैन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *