युक्रेन–रुस युद्धमा १४ हजार दुई सय रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी ।

 

काठमाडौं, चैत्र ४ गते ।
युक्रेन–रुस युद्धमा १४ हजार दुई सय रुसी सैनिकको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको २३ दिन भइसकेको छ । यस अवधिमा उक्त संख्यामा रुसी सैनिकको मृत्यु भएको युक्रेनी रक्षामन्त्रीले दाबी गरेका हुन् । रुस र युक्रेनतर्फ मानवीय क्षति कति भएको भन्ने यकिन तथ्याङ्क भन्न सक्ने अवस्था छैन ।

दुवै देशले क्षतिको आ–आफ्नो दाबी गर्ने गरेका छन् । ४ सय ५० वटा रुसी ट्याङ्क ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । त्यसैगरी ९३ वटा विमान ध्वस्त पारेको बताएको छ । १ सय १२ वटा हेलिकप्टर ध्वस्त बनाएको छ । ४३ वटा विमान भेदक प्रणाली नष्ट गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *