युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन : थप सैन्य सहयोगको अपील ।

 

काठमाडौं, चैत्र २ गते ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले थप सैन्य सहयोग गर्न अमेरिका समक्ष अपील गरे । उनले सन् २००१ मा अमेरिकामा गरिएको आतङ्कवादी हमलाको समेत स्मरण गराएका छन् ।

रुसले हरेक दिन युक्रेनमाथि सेप्टेम्बर ११ को जस्तै हमला गरिरहेको दाबी गरे । उक्त सम्बोधनमा अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठनलाई युक्रेनी आकाशमा नो फ्लाई जोन घोषणा गर्न पुनः आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले थप ८० करोड डलर सैन्य सहायतामा हस्ताक्षर गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *