जंगबहादुरको अत्याचारविरुद्ध विद्रोह गरेका लखन थापालाई झुण्डाएर मृत्युदण्ड दिइयो ।

 

काठमाडौं, फागुन २७ गते ।
नेपालको पहिलो सहिद लखन थापा मगर हुन् । उनको जन्म गोरखा जिल्ला बुङ्कोटमा वि.सं. १८९१ मा भएको थियो । जंगबहादुरको अत्याचार विरुद्ध यिनले पल्टन खोलेका थिए । धीर शमशेरले ठूलो सैनिक कसरत गरेर उनलाई पक्राउ गरेका थिए । उनलाई गोरखाको मनकामना मन्दिर अगाडि फाँसी दिएको थियो । लखन थापा मगर, आछामी मगर, अजिरसिंह सहित ७ जनालाई मृत्यु दण्ड दिइएको थियो ।

वि.सं. १९३३ फागुन २ गते उनीहरुलाई झुण्डाएर मृत्यु दण्ड दिएको थियो । सबैभन्दा पहिले लखन थापा मगरलाई फाँसीमा चढाइएको थियो । वि.सं. २००७ सालको क्रान्तिपछि उनलाई नेपालको पहिलो सहिद भन्न थालियो । सरकारले भने वि.सं. २०५६ मात्रै औपचारिक रुपमा उनलाई सहिद घोषणा गरेको थियो । वि.सं. २०७२ मा मात्रै उनलाई नेपाल सरकारले प्रथम सहिद घोषणा ग¥यो ।

मृत्यु दण्ड नदिएका उनका सहयोगीहरु सन्त ज्ञानदिलदास (साधु) र कानु लम्लास (ब्राम्हण) लाई भने कैद गरिएको थियो । लखन थापाले जंगबहादुरप्रति आक्रोश व्यक्त गर्दै जंगबहादुर मेरो लासमाथि सति जानेछ भनेका थिए । लखन थापालाई फाँसी दिएकै दिन जंगबहादुर शिकारका लागि तराई गएका थिए । वि.सं. १९३३ मा रौतहटको पत्थरघट्टामा काठमाडौं फर्किन नपाई उनको मृत्यु भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *