युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गए ।

 

काठमाडौं, फागुन २३ गते ।
युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयमा सोमबार प्रेस ब्रिफिङ गरेर उक्त जानकारी गराएका हुन् । मन्त्री खड्काका अनुसार उद्धार गरिएकाहरुमा ४२७ जना पोल्याण्ड पुगेका छन् । बाँकी अन्य मुलुकमा पुगेका छन् । भारत सरकारले भारतीय नागरिकहरुलाई उद्धार गर्ने क्रममा नेपाली नागरिकहरुको पनि उद्धार गरेको छ । उक्त सहयोग गरे बापत मन्त्री खड्काले भारत सरकारलाई धन्यावद समेत दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *