सुदूरपश्चिमका जिल्लाहरुमा मन्दिरमा कन्या चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ ।

 

काठमाडौं, मंसिर २३ गते ।
नेपालको सुदूरपश्चिमका सेती र महाकाली क्षेत्रका सबैजसो जिल्लाका मन्दिरहरुमा देवी देवताहरुको सेवा गर्न कन्या केटी चढाउने परम्परा रहेको छ । उक्त परम्परालाई नै देउकी प्रथा भनिन्छ । मन्दिरमा चढाइएकी कन्यालाई देउकी भनिन्छ । छोरा नभएमा, महारोग लागेमा, म्ुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकांक्षा पूरा गर्न, पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा गरिब आमाबाउका अवोध कन्या किनेर देवी देवतालाई चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ ।

आजभन्दा ३ सय वर्ष अघिदेखि चलेको यो प्रथाको केन्द्रबिन्दु बैतडी जिल्लाको मैलोली देवीको मन्दिर रहेको छ । देउकीहरुको जीविका उपार्जनको स्रोत मन्दिरमा चढाइएका सामग्रीहरु हुन्छन् । मन्दिरमा चढाइएका सामग्रीहरुबाट मात्रै जीवन धन्न नसकिने हुँदा देउकीहरु देहव्यापारमा लाग्न समेत बाध्य हुन्छन् । देउकीहरुबाट जन्मिने छोरीलाई पनि देउकी नै भनिन्छ । उनीहरुबाट जन्मेका छोरालाई देउका वा धामी भन्ने गरिन्छ । दरिद्रता र धार्मिक अन्धविश्वासका कारण देउकी र देउकाहरुको सामाजिक स्थिति दयनीय हुने गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.