युक्रेनको दुई शहर मरियुपुल र भोल्नोभाखामा रुसले युद्धबिरामको घोषणा ग¥यो ।

 

काठमाडौं, फागनु २१ गते ।
बीबीसीका अनुसार रुसले युक्रेनका दुई शहर मरियुपुल र भोल्नेभाखामा युद्धबिरामको घोषणा गरेको छ । दक्षिण पूर्वी ती दुई शहरमा युद्धबिराम घोषणा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार मानवीय सहयोगको लागि अस्थायी युद्धबिरामको घोषणा गरिएको हो । ती दुई शहरमा भिषण युद्ध भएका थिए । युद्धको चपेटामा परेका मानिसहरुलाई सहज निकासका लागि युद्धबिराम गरिएको बताइएको छ । सुरक्षित रुपमा शहर छोडेर अन्यत्र जान चाहनेहरुलाई उक्त यद्धबिरामले राहत मिल्नेछ ।

बन्दरगाह नजिकैको शहर मरियुपुलमा विगत केही दिनदेखि भिषण युद्ध भएको थियो । त्यसैगरी अर्को शहर भोल्नोभाखामा पनि भिषण युद्ध भएको थियो । युद्ध चर्किएसँगै उक्त शहरका मानिसहरु चपेटामा परेका थिए । ती शहरमा युद्धबिराम भएको युक्रेनी पक्षले पनि पुष्टि गरेको छ । शनिबार बिहानदेखि युद्धबिराम घोषणा गरिएपनि केही दिनमा पुनः युद्ध शुरु हुनसक्ने विश्लेषण गरिएको छ । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको दशौँ दिनमा यी दुई शहरमा युद्धबिराम घोषणा गरेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *