बैंकहरुमा तरलताको चरम संकट, एक अर्ब निक्षेप संकलन हुँदा चार अर्ब ऋण प्रवाह ।

 


काठमाडौं, फागनु १० गते ।
बैंकहरुमा तरलताको चरम संकट पैदा भएको छ । एक अर्ब निक्षेप संकलन हुँदा चार अर्ब ऋण प्रवाह भएको छ । कोरोना संक्रमण विस्तारै घट्दै गएपनि बैंकहरुमा लगानीयोग्य रकमको अभाव कायमै छ । बैंकहरुले ऋण लगानीका लागि आवश्यक रकम संकलन गर्न सकिरहेका छैनन् । नेपाल बैँकर्स संघका अनुसार कर्जा लगानीको एक चौथाई मात्रै निक्षेप संकलन भएको छ । सामान्यतया ऋण प्रवाहभन्दा निक्षेप संकलन बढी हुनुपर्छ । बैंकहरुका अनुसार पछिल्लो साता ऋण लगानीको पच्चिस प्रतिशत मात्रै निक्षेप संकलन भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *