एमसीसीलाई के गर्ने भन्ने निर्णय नेपालकै भएको अमेरिकी दूतावासको भनाई ।

 


काठमाडौं, फागुन ७ गते ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै रहेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गरेर अमेरिकाले उक्त भनाई व्यक्त गरेको हो । दूतावासले नेपाल एक सार्वभौम मुलुक भएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल र अमेरिकाको ७५ वर्ष पुरानो सम्बन्ध रहेकाले नेपाललाई सहयोग गर्न लागिएको बताएको छ । नेपालको रोजगारी र पूर्वाधारको क्षेत्रमा विकास गर्न एमसीसी परियोजना सार्थक हुने समेत बताएको छ । उक्त परियोजना नेपाल सरकारबाटै माग गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *