पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धिको सम्बन्धमा संसदीय समितिले छानबिन गर्ने ।

 


काठमाडौं, माघ २६ गते ।
सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको सम्बन्धमा संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले छानबिन गर्ने भएको हो । उक्त समितिले छानबिनका लागि सांसद दुर्गा पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ । जसको सदस्यमा खेम लोहनी र लक्ष्मी परियार रहेका छन् । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा जनजीवन प्रभावित भएको छ । सरकारको उक्त निर्णयका विरुद्ध व्यापक विरोध भइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणका लागि सुझाव समेत पेश गरिने समितिका सभापति निरादेवी जैरुले बताएकी छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *