भक्ति थापाको युद्ध मैदानमा शत्रु पक्षसँग लड्दालड्दै ७४ वर्षको उमेरमा मृत्यु भएको थियो ।

 


काठमाडौं, माघ २१ गते ।
भक्ति थापाको जन्म सन् १७४१ मा भएको थियो । त्यसैगरी उनको मृत्यु सन् १८१५ भएको थियो । युद्ध मैदानमा शत्रु पक्षसँग लड्दालड्दै ७४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो । अंग्रेज सेनासँग गढवालको देउथलमा यद्ध हुँदा अंग्रेज सेनाको गोली लागेर मृत्यु भएको थियो । उक्त स्थान वर्तमान भारतको उत्तराखण्ड राज्यमा पर्दछ । भक्ति थापाले लमजुङ राज्यको तर्फबाट युवा अवस्थामै गोर्खाली सेनासँग युद्ध लडेका थिए । लमजुङ राज्यको पतनसँगै उनलाई गोर्खाली सेनाले पक्राउ गरेर युद्धबन्दीको रुपमा काठमाडौं ल्याएको थियो । पछि उनलाई नेपाली सेनाको सरदार बनाइयो । त्यसपछि जुम्ला राज्यमाथि हमला गर्न उनलाई जुम्ला पठाइयो । जुम्ला राज्यमाथि उनको नेतृत्वमा नेपाली सेनाले विजय प्राप्त ग¥यो । त्यसपछि उनकै नेतृत्वमा नेपाली सेनाले डोटी राज्यमाथि विजय हासिल ग¥यो ।

नेपाल एकीकरणको दौरानमा पश्चिम तर्फको जिम्मेवारी दिइयो । सरदार भक्ति थापाले खुडा, खुकुरी र तरवारको बलमा अंग्रेज फौजसँग युद्ध गरे । देउथलमा अंग्रेज सेनासँग युद्ध हुँदा बहादुरी प्रदर्शन गरेका थिए । आधुनिक हतियार र ठूलो संख्याका अंग्रेज फौजसँग सामान्य हतियार र थोरै संख्याका सेनाको बलमा युद्ध लडेका थिए । उनको नेतृत्वको सेनाले अंग्रेज सेनामाथि ठूलो हताहती गरेको थियो । वीरतापूर्वक लड्दालड्दै ७४ वर्षको वृद्ध उमेरमा उनले देह त्याग गरेका थिए । उनको वीरता र युद्ध कौशलबाट प्रभावित भएर अंग्रेज तर्फबाट फौजको कमान्डर रहेका डेविड अक्टरलोनीले सम्मानपूर्वक दोसल्ला ओडाएर उनको पार्थिव शरीर नेपाललाई हस्तान्तरण गरेका थिए । नेपालको एकीकरणमा भक्ति थापाको महत्वपूर्ण योगदान रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *