गिद्धलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण पंक्षी मानिन्छ ।

 


काठमाडौं, माघ १० गते ।
नेपाली समाजमा सफा नगरी, राम्ररी नपकाई बढी मासु खाने मान्छेलाई कस्तो गिद्ध जस्तो रहेछ भन्ने चलन पनि छ । उपर्युक्त भनाईलाई आधार मान्दा गिद्ध नराम्रो पक्षी हो भन्ने बिम्ब बन्छ । यथार्थमा प्रकृतिका सिर्जना कुनै पनि आफैमा अपवित्र र नराम्रो भन्ने हुँदैन । त्यो त हेराईको सापेक्षता र भोगाईको मारमा परेपछि विकसित भएको सोचाई हो । गिद्ध मरेको जनावरको मासु खाने एक पंक्षी हो । यसलाई मरेको जनावरको मासु खाने पंक्षी पो भनेर छि ! पनि भन्न सकिन्छ भने प्राण त्यागेर फोहरमा परिणत भएको शरीरलाई खाएर वातावरणलाई सफा राख्न सघाएकोमा स्याबासी पनि दिन सकिन्छ ।

समुदायमा जे जस्तो सोचाई भए पनि गिद्ध प्रकृतिको एक अनुपम सिर्जना नै हो । पृथक गुणयुक्त यो पंक्षीलाई घृणा गर्नुको कुनै कारण छैन । गिद्धलाई त धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण पंक्षीको रुपमा मानिन्छ । यो पंक्षीले प्राणविहिन शरीर अर्थात सिनो खाएर वातावरणलाई स्वच्छ राख्छ । त्यसैले गिद्धलाई प्रकृतिको कुचिकार पनि भनिन्छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । प्रकृतिको अनुपम सिर्जना गिद्धको संख्या विश्वमा नै आश्चर्यजनक ढङ्गले लोप हुँदै गइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *