एन्टाक्र्टिका महादेश बाहेक संसारको सबै महादेशमा पुतली पाइन्छ ।

 


काठमाडौं, माघ ६ गते ।
नेपाल जैविक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न प्रजातिका जीव र वनस्पति पाइन्छन् । हिमाल, पहाड र तराईको संगमस्थल भएकाले वातावरणीय विविधतासँगै अन्य विविधताहरु पनि प्रशस्तै छन् । त्यस्तै विविधतामा पुतली पनि पर्छ । विश्वभर लगभग २० हजार प्रजातिका पुतली छन् । नेपालमा लगभग ६ सय ५० प्रजातिका पुतली पाइन्छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३ सय ६० प्रजातिका पुतली पाइएको छ । पुतलीको आयु छोटो हुन्छ । पुतली लगभग एक महिनासम्म बाँच्छ । यो रातमा पात वा घाँसमा लुकेर सुत्छ । छिटो उड्ने पुतली प्रतिघण्टा १२ माइलको दरले उड्न सक्छ । एन्टाक्र्टिका महादेश बाहेक संसारको सबै महादेशमा पुतली पाइन्छ । यो एक विशिष्ट प्रकृतिको जीव हो, जसले खुट्टाले स्वाद थाहा पाउँछ । फुलको रस नै यसको खाद्यपदार्थ हो । रंगीचंगी पुतली हेर्न लायक हुन्छ । यो जीवले अरुलाई असर नगरी आफू विचरण गर्छ ।

सामान्यतः फूलहरुकै सेरोफेरोमा रमाउन खोज्ने र मान्छेलाई केही असर नगर्ने भएकाले यो जीव प्रिय हुन्छ । घना बस्ती तथा शहरी इलाकामा बस्न नसक्ने भएकाले यसलाई जंगल नै प्रिय हुन्छ । सौन्दर्यका हिसाबले यो जीव सुन्दर हुन्छ । पुतलीको जीवनचर्या हेर्न लायक हुन्छ । यसको जन्म, विकास र मृत्युलाई अध्ययन गर्दा रमाइलो हुन्छ । अनुसन्धानकर्ताहरुले पुतली सम्बन्धी अध्ययन गरेर पुस्तक समेत लेखिसकेका छन् । पुतली सम्बन्धी अध्ययन अत्यन्तै रोचक हुन्छ । फुलको डालीडालीमा आफूलाई विचरण गराउने यो जीवको विषद् ढङ्गले अध्ययन गर्नु जरुरी छ । पुतलीको जीवन जस्तै मानिसको जीवन बनाउने हो भने मानिसको जीवन पवित्र हुन्छ । अर्काको विरुद्धमा कहिल्यै नलाग्ने चरित्र बोकेको कारण यो जीव अत्यन्तै प्रिय जीवमा पर्छ । विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका पुतलीहरु पाइन्छन् । नेपालको काठमाडौं उपत्यका, उच्च हिमाली भेग र तराई क्षेत्रमा फरक–फरक प्रजातिका पुतली पाइन्छ । जस्तो पुतली त्यस्तै मानिस हुने हो भने आधुनिक मानव समाज हार्दिकताले भरिएको सुन्दर हुन्छ । पुतली सम्बन्धी अध्ययन र संरक्षण जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *