काठमाडौं, माघ १ गते ।
हामीले कांग्रेसलाई जातीय अहंकार भएको पार्टी भन्यौँ । त्यसैगरी कम्युनिष्टलाई पनि भन्यौँ । कम्युनिष्टहरु त झनै धर्म विरोधी भन्यौँ । संस्कृति विरोधी भaन्यौँ । कांग्रेसले पुँजीपतिको सेवा गरेको आरोप लगायौँ । कम्युनिष्टले सर्वहारा श्रमजीवीको कुरा गरेर उनीहरुकै हुर्मत काढेको आरोप लगायौँ । यिनीहरुले वर्गीय मुद्दालाई सम्बोधन गर्न सकेनन् पनि भन्यौँ । सामाजिक उत्पीडनका कुरालाई सम्बोधन गरेनन् भनेर पनि सत्तोसराप ग¥यौँ । वर्गीय उत्पीडन र सामाजिक उत्पिडनको मुद्दलाई सँगै उठाएर समृद्धिको यात्रा गर्ने भन्यौँ । हामीले द्वन्द्ववादी भन्न चाहिँ छोडेका छैनौँ । त्यसैले त्यही द्वन्द्ववादको दायरामा बसेर मेरा केही विश्लेषण राख्न चाहन्छु । किन त्यसो भनेको भने कतै कांग्रेसलाई र कम्युनिष्टलाई लगाइएको आरोप आफैँतिर फर्केको छ कि छैन भनेर हो । नेपालको राजनीतिमा केही यस्ता मान्छे छन् । उसले अमुक जात बाहेक केही देख्दैन । त्यसैगरी केही अमुक क्षेत्र बाहेक केही देख्दैन । उसले आफ्नो ठूलो जनमत त्यहाँ देखेको हुन्छ । त्यो जाति र क्षेत्रको मान्छेलाई आफूतिर तान्न जातीय र क्षेत्रीय कुरा गरेको हो भने त्यो नितान्त गलत हो । जातीय कुरा उठानको एउटा सीमा हुन्छ । चाहिने भन्दा बढी उठान भयो र महत्व दिइयो भन्ने त्यसले जातीय असहिष्णुता बढाउँछ । परिणामतः देश द्वन्द्वमा जान्छ । विश्व आज २१औँ शताब्दीमा छ ।
२०औँ, १९औँ र १८औँ शताब्दीको विश्व छैन् । हिजोको चेतनाभन्दा आजको चेतना धेरै उन्नत भइसकेको छ । जातीय आधारमा राजनीति गर्नु मुर्खता हो । त्यसैगरी क्षेत्रीय हिसाबले पनि राजनीति गर्नु मुर्खता नै हो । जातका आधारमा गरिने राजनीतिले अन्ध जातिवादतिर लैजान्छ । क्षेत्रको आधारमा गरिने राजनीतिले अन्ध क्षेत्रीयतावादी राजनीतिर लैजान्छ । जातिवादी र क्षेत्रीयतावादी राजनीति विष हो । यस प्रकारको राजनीति गर्नै हुँदैन । धेरै साथीहरुले कार्यशैलीको कुरा उठान गरेको देख्छ् । मेरो भन्दा ती साथीहरुको धेरै ढिला आँखा खुलेको मेरो बुझाई छ । जसको मनमा जातीय र क्षेत्रीय कुरा बाहेक केही अँट्दैन भने त्यसले समावेशी अभ्यास गर्न नसक्ने स्पष्ट छ । साथीहरुले राम्रैसँग थाहा पाए हुन्छ । जातीय र क्षेत्रीय राजनीति मुर्दावाद । त्यसले कुनै दिन देशलाई द्वन्द्वमा लैजान्छ । जातीय र क्षेत्रीय राजनीति गर्दा माओवादीका लागि त्यो काल बन्यो । अबको राजनीतिमा त्यस्ता खतरनाक कुरा उठान गर्नु हुँदैन । यहाँ त के देखियो भने अरुलाई जातिवादी भन्ने तर आफूचाहिँ त्यो भन्दा दशौँ गुणा जातिवादी हुने ।
अरुलाई क्षेत्रीयतावादीको आरोप लगाएर आफू झनै क्षेत्रीयतावादी हुने । यो नितान्त विरोधाभाषपूर्ण छ । मैले जातीय क्षेत्रीय कुरा नगर्ने भनेको होइन । राजनीति भनेको जात र क्षेत्र मात्रै हो भन्ने कुराको विरोध गरेको हो । राजनीतिमा जातीय र क्षेत्रीय संकिर्णता भनेको इतिहासप्रतिको वदलाव पनि हो । जुन खतरनाक हुन्छ । केही विद्वानहरुलाई जातीय र क्षेत्रीय राजनीति खुबै मन परेको देख्छु । त्यो नितान्त गलत हो । हिजो जातको आधारमा राजनीति गर्ने कहाँ पुगे ? क्षेत्रको आधारमा राजनीति गर्ने कहाँ पुगे ? थाहा पाउनु पर्दैन ? दुनियाँ ग्लोबलाइजेसनमा पुगिसक्यो । आजको पुस्ता एसिमिलेसनमा गइसक्यो । आजको पुस्ता जात र क्षेत्रको आधारमा भन्दा मुल्य, मान्यता र उन्नत संस्कृतिलाई बोकेर हिँड्छ । हामी भने सिस्नोको झाङ्मा हाम फाले जस्तो राजनीति गर्दै छौँ । जातीय र क्षेत्रीय मानसिकता बोकेको मान्छेले कहिल्यै समानुपातिक समावेशी अभ्यास गर्न सक्दैन । जुन आज देखिएको छ । जसले भनेको कुरालाई व्यवहारतः अभ्यास गर्दैन उसको कुनै अर्थ र मूल्य हुँदैन ।