नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना कोरोना भाइरस संक्रमित थपिए ।

 


काठमाडौं, पौष ३० गते ।
नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित पुष्टि भएको हो । पीसीआर र एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कुल मृतकको संख्या ११ हजार ६१३ पुगेको छ । १८ हजार २३ जना सक्रिय संक्रमित रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *