काठमाडौं, पौष २३ गते ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ जेठ ९ गते शुक्लपञ्चमीका दिन नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगामा भएको थियो । उनको निधन वि.सं. २०४९ जेठ २२ गतेका दिन भयो । ओखलढुंगाबाट सात वर्षको उमेरमा काठमाडौँ आई दरबार हाइस्कुलमा कक्षा ८ सम्म पढेपछि अध्ययन छाडी सिर्जनामा लागे ।
राणा शासनको दमनको विरुद्ध आफ्नो ‘वर्षा’ नामको कवितामा ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति” भन्ने अभिव्यक्ति दिएकाले उनलाई राणा शासनले सर्वस्वहरणसहित १८ वर्षको जेल सजाय तोक्यो । पाँच वर्षपछि वि.सं. २००२ मा जेलमुक्त हुन सफल भए । गोरखापत्र, शारदा पत्रिकाका सम्पादक भए भने आवाज र कविता पत्रिकाका प्रधान–सम्पादक भए भने आवाज र कविता पत्रिकाका प्रधान–सम्पादक पनि भए ।
कोपिला, मेरो प्रतिबिम्ब, कुहिरो र घाम, बाँचिरहेको आवाज, तिरमिर तारा, मतवाला, सिद्धिचरण श्रेष्ठका प्रतिनिधि कविता आदि लगायतका कविता संग्रहहरू प्रकाशित भएका छन् । उर्वशी, मंगलमान, आँसु, ज्यानमारा शैली, कान्तिमती, भीमसेन थापा, आत्मविलाना, युद्ध र शान्ति, बोली आदि लगायतका उनका चर्चित खण्डकाव्य हुन् । त्यस्तै गरी नेवारी भाषामा सीस्वाँ, फुस्वाँ, लुभुनी आदि लगायतका भाषा साहित्यमा उनको विशिष्ट योदगान छ । उनी त्रिभुवन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट सम्मानित एक वरिष्ठ कवि हुन् ।