आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडी परेको थार्पु गाउँमा मदिरा सेवन भने प्रतिबन्धित छ ।

 


काठमाडौं, पौष १४ गते ।
नेपालको मुगु जिल्ला रारा तालको कारण परिचित छ । यो कर्णाली प्रदेशको एक जिल्ला हो । यस जिल्लाको छायानाथ–रारा नगरपालिकामा थार्पु भन्ने एक गाउँ छ । सांस्कृतिक मूल्यकै कारण यो गाउँमा मदिराको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध छ । यहाँ रक्सी र जाँड कसैले खानै सक्दैन । किनकि उत्पादन र बिक्री वितरण नै हुँदैन । कतै गएर कसैले खाएमा आफ्नो गाउँमा ऊ खराब व्यक्तिको रुपमा ठहरिन्छ । आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडी परेको यो गाउँमा जाँड र रक्सी प्रतिबन्ध किन भयो ? यो प्रश्न अत्यन्तै कौतुहलतापूर्ण छ । मुगु जिल्ला सांस्कृतिक हिसाबले भने विविधतायुक्त छ । जाँड र रक्सीमा प्रतिबन्ध गर्नुको प्रमुख कारण भनेको उनीहरुको आरध्य मष्ट देवता रिसाउने डरले हो । मष्ट देवता रिसाएमा गाउँमा अनिष्ट हुने त्यहाँको जनविश्वास रहेको छ । लगभग १ सय ५० घरधुरी रहेको उक्त गाउँमा आफ्नो आरध्य देवता मष्टप्रति गहिरो विश्वास रहेको छ । उनीहरु आफ्नो आरध्य देवतालाई वेखुशी बनाउन चाहँदैनन् । त्यसैले मदिराको उत्पादन र बिक्री वितरणमा आफैँले कडा प्रतिबन्ध लगाएका छन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *