प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी ।

 


काठमाडौं, पौष ११ गते ।
प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक अन्दोलनको तर्फबाट प्रा.डा. गोबिन्द के.सी.ले उक्त उजुरी दर्ता गराएका हुन् । प्रधानन्याधीश जबराविरुद्ध भ्रष्टाचारका समाचार आइरहेका कारण उक्त उजुरी गरिएको जनाइएको छ । जबराले आफन्त र बिचौलियाहरु मार्फत् भ्रष्टाचार गरेको भन्ने आरोपका कारण उनी विरुद्ध उजुरी गरिएको हो । उनी मन्त्रिपरिषद् विस्तारमा मुछिएपछि विवादित बनेका छन् । नेपाल बार एशोसियसनले विगत दुई महिनादेखि जबराको राजिनामा माग्दै आन्दोलन गरिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *