अमेरिकी अन्तरिक्ष संस्था नासाको प्रोभ (यान) सूर्यको अति नजिक कोरोना भागमा पुग्यो ।

 

काठमाडौं, पौष २ गते ।
सूर्यको बाहिरी सतहमा पहिलो पटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रबेश गरेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह छन् । नासाका अनुसार सूर्यको कोरोना यति धेरै तातो हुन्छ कि यसको तापक्रम १७ लाख डिग्री सेल्सियस हुन्छ । सन् २०१८ को अगस्ट १५ मा नासाले उक्त यानलाई सूर्यको अनुसन्धान गर्न त्यसतर्फ पठाएको थियो । पार्कर प्रोभ एल्फेन भागभित्र प्रबेश गरेको नासाले मंगलबार पुष्टि गरेको हो । एल्फेन सूर्यको सौर्य आँधी र सूर्यको वायुमण्डलबीचको भाग हो । यानले यही भाग छिचोल्दै सूर्यको कोरोनामा प्रबेश गरेको हो ।

सूर्य र पृथ्वीबीचको दूरी ९३ मिलियन माइल छ । सूर्यको आयतन यति ठूलो छ कि १३ लाख वटा पृथ्वी त्यहाँ अट्न सक्छन् । सूर्यमा पृथ्वीको जस्तो सतह नभएकाले यहाँ प्लाज्मा (विद्युत शक्ति रहने ग्यासको तह) मात्रै हुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका सह–प्राज्ञ एवं कोस्मोलोजिस्ट विनोद अधिकारीका अनुसार यो तहमा हाइड्रोजन र हिलियमबीचको आणविक प्रतिक्रियाका कारण धेरै ऊर्जा निस्किने उनले बताए । सूर्यको विज्ञान अध्ययन गर्न यो मिसन सुरु गरिएको नासाले जनाएको छ । १ अर्ब ८० लाख डलर खर्च गरेर तयार गरिएको यो परियोजनाबाट नासाले सूर्यसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने लक्ष्य राखिएको छ । सूर्य र सौर्य आँधीको उत्पत्ति र कारणहरु यो अध्ययनको मुख्य उद्देश्य रहेको छ ।

परियोजना प्रोभ मार्फत् कोरोना ऊर्जा र तापको अवस्था र सौर्य आँधी कसरी आउँछ भन्नेमा कन्द्रित हुने बताइएको छ । सौर्य आँधी किन आउँछ यसको अनुसन्धान के हो भन्ने सवालमा पनि अनुसन्धान केन्द्रित हुने भनिएको छ । सन् २०२४ सम्म कोरोनामा रहने यान सूर्यको सतह नजिक २१ पटक पुग्ने नासका वैज्ञानिकको विश्वास छ । बाँकी तीन वर्षमा पार्कर प्रोभ सूर्य केन्द्र भागदेखि ३८३ मिलियन माइल नजिक पुग्ने नासाले जनाएको छ । अन्तरिक्षमा यो दूरी धेरै नजिक हो । ६० वर्ष अघिदेखि नासाले सूर्य मिसन सञ्चालन गर्ने सोचेपनि त्यति तातो थेग्न सक्ने यान बनाउन सकिएको थिएन । थर्मल इन्जिनियरिङका कारण धेरै उच्च तापक्रम थेग्न सक्ने शिल्डहरु निर्माण भएपछि यो परियोजनाले सार्थकता पाएको हो ।
स्रोत : कान्तिपुर दैनिक

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *