लुम्बिनी विकास बैंकको देशका विभिन्न स्थानमा नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन ।

 


काठमाडौं, मंसिर २० गते ।
लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५औँ शाखाको रुपमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ्गको घोराही उपमहानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ्ग र ७७औँ शाखाको रुपमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोकस्थित कोहलपुर शाखा रहेका छन् । यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे ।

बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिका उपप्रमुख मायादेवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु श्री प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सयुंक्त रुपमा गरे । हाल उक्त बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *