काठमाडौं, मंसिर १८ गते ।
विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण भएको छ । ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रममा उक्त पार्टीहरुका प्रमुख नेताहरुले सहमतीपत्रमा हस्ताक्षर गरे । एकीकृत पार्टीको नामा विवेकशील साझा पार्टी नै रहनेछ । त्यसैगरी चुनाव चिन्ह तराजु रहनेछ । केन्द्रीय समितिमा सिटिजन्स र दरबार पार्टीबाट क्रमशः ३१ जना र १४ जना थपिएका छन् । केन्द्रीय सम्पादन समितिमा ११ जना थपिएका छन् ।