जैविक शरीर पञ्चतत्वको विशिष्ट सिर्जना अर्थात् कम्पोजिसन भएकाले खाद्यवस्तुको विशेष महत्व हुन्छ ।

 

काठमाडौं, मंसिर १४ गते ।
कुनैपनि खाद्यवस्तु खानुको प्रमुख कारण भनेको जैविक शरीरलाई निरन्तरता दिन हो । पञ्चतत्वको विशिष्ट सिर्जना अर्थात् कम्पोजिसन हो जैविक शरीर । कुनैपनि जैविक शरीरले आफूलाई बचाउन वा टिकाउन खाना माग गर्छ । मानव जीवन पनि जैविक वस्तु हो । त्यसैले यसको जीवनको लागि खाना अनिवार्य छ । यो यथार्थ हो । कसैलाई खाना किन खाने ? भन्ने प्रश्न गरेमा उसले भोक लाग्यो त्यसैले खाना खाने भन्ने जवाफ दिन्छ । यो जवाफ गलत होइन । तर, यो जवाफ पूर्ण भने छैन । अधिकांशले स्वादलाई केन्द्रमा राखेर खाद्यवस्तु खाने गर्छन् । स्वादको पञ्जामा खानेकुरालाई कैद गर्नु ठूलो गल्ती हो । उपरोक्त पृष्ठभूमिको आधारमा खाद्यवस्तु मःमसँग सम्बन्धित संकलित समाग्रीहरु यस प्रकार छन् । सामान्यतः मःम भन्ने वित्तिकै प्रमुख तीन चिजको संयोजन बुझिन्छ । मैदाबाट निर्मित मःमको बाहिरी भाग, मःमको भित्री भाग अर्थात् मासु तथा मसला र मःम खान प्रयोग गरिने अचार । मःम खान तयार हुनु अगाडि यी तीनै कुराको बारेमा ध्यान जानु आवश्यक छ । मःमलाई गोलो बनाउन प्रयोग गरिने बाहिरी भाग मैदा अर्थात् रिफाइण्ड आँटाबाट बनेको हुन्छ । विज्ञहरुको अनुसार मैदा बनाउँदा बेन्जोइल परअक्साइडले ब्लिच गरिएको हुन्छ । मैदालाई सेतो वा चमकदार बनाउन यसो गरिएको हो । यो फाइबर विहीन हुन्छ । यसले कब्जियत गराउँछ । यसमा एक प्रकारको हाई ग्लाइसेमिक इन्डेक्स नामक पदार्थ हुन्छ ।

यसले शरीरमा ग्ुलकोज जम्मा गराउँछ । परिणामतः मधुमेह हुने सम्भावना बढ्छ । यसको निरन्तर सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि ह्रास गराउँछ । मैदामा प्रोटिन निकालिएको हुँदा एसिडको मात्रा बढी हुन्छ । जसले हड्डी कमजोर बनाउँछ । मःमको मुख्य भाग अर्थात् मासुको बारेमा जानकारी राख्नुपर्छ । मःमको लागि प्रयोग गरिने मासु मेशिनले धुल्याइएको हुन्छ । धुल्याउने क्रममा कमसल मासुलाई मिसाउने सम्भावना बढी हुन्छ । धुल्याइएको मासुमा कमसल मासुको मिसावट भए नभएको उपभोक्तालाई छुट्यान कठिन हुन्छ । बासी वा सढेगलेको मासुको प्रयोग गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले आफूलाई विश्वास लागेको ठाउँमा मात्रै मःम खानुपर्छ । फोहोर, सढेगलेको, दुषित र संक्रमित मासुबाट बनेको मःमले शरीरलाई ठूलो क्षति पु¥याउँछ । त्यसैगरी मःमलाई स्वादिष्ट बनाउने नाममा अस्वस्थकर मसलाको प्रयोग हुने सम्भावना अत्याधिक हुन्छ । त्यसले पनि शरीरलाई हानी गर्छ । मःमसँगै खान प्रयोग गरिने अचारको बारेमा पनि ध्यान दिन जरुरी छ । यसको स्वस्थताको बारेमा पर्याप्त ध्यान दिनुपर्छ । जहाँ भेट्यो त्यहीँ मःम खानु हुँदैन । मःम बनाउँदा प्रयोग गरिएका कच्चा पर्दाथ हाइजेनिक वा स्वस्थ भएमा यसको प्रयोग स्वास्थको लागि लाभदायक हुन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *