एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलबीच अन्ततः निर्वाचन हुने नै भयो ।

 


काठमाडौं, मंसिर १३ गते ।
नेकपा एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलकाबीच अन्ततः चुनाव हुने नै भएको छ । चितवनको सौराहमा भइरहेको बन्दसत्रमा ओलीले रावललाई सर्वसम्मत उपाध्यक्षमा रहन आग्रह गरेका थिए । तर रावलले त्यसलाई नमानेपछि निर्वाचन हुने भएको हो । ओलीले बन्दसत्रमा भीम रावलाई धेरै सम्झाएको तर मनाउन नसकेको बताए । पूरै हलको भावनालाई मान्न भीम रावलाई आग्रह पनि गरे । रावलले भने आफू फिर्ता नहुने बताए । उनले अडान नछाडेपछि हलमा होहल्ला भएको थियो । सोमबार बिहान ९ बजे देखि ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *