संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न पाँच वर्षे पूर्व तयारी समय दियो ।

 


काठमाडौं, मंसिर १० गते ।
संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्तती गर्न गरिएको प्रस्तावलाई पारित गरेको छ । महासभाको ४०औँ पूर्ण बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसनको कार्यालयले उक्त कुरा बताएको छ । संयुक्त राष्ट्रसंघले नेपालसहित बंगलादेश र गणतन्त्र लाओसलाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न पाँच वर्षको समायावधि दिएको छ । विकासशील मुलुकमा स्तरोन्ती गर्न दिएको समयावधि सन् २०२६ को डिसेम्बेरसम्म नेपालले अति कम विकसित मुलुकको हैसियतले पाउँदै आएको आर्थिक सहयोग पाइरहने छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *