आगामी महाधिवेशनमा नेकपा एमालेको अध्यक्षमा उम्मेवारी दिने भिम रावलको घोषणा ।

 


काठमाडौं, मंसिर ६ गते ।
नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । रावलको उम्मेदवारी घोषणासँगै केपी ओलीलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास असफल भएको छ । १० बुँदे सहमती गरेर एमालेमै रहका नेताहरुले पनि ओलीको विकल्प नभएको बताई रहेको बेलामा भिम रावलले भने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै रावलले ओलीलाई पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिन आग्रह गरे । रावलले ओलीलाई पुनः अध्यक्ष नहुने र नेतृत्व हस्तान्तरण गर्ने विगतको भनाईलाई स्मरण गर्न आग्रह समेत गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *