सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले च्याट्टै ।

 


काठमाडौं, मंसिर २ गते ।
‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले च्याट्टै’ बोलको लोकगीतले सिन्धुलीगढीको उचाइलाई प्रतिविम्बित गरेको छ । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थान हो । राजधानी काठमाडौंबाट लगभग १ सय ५० किलोमिटर पूर्वमा रहेको यो रमणीय स्थानको उचाई समुन्द्र सतहबाट ४ हजार ६ सय ४८ फिट छ । यस रमणीय ठाउँबाट गौरीशंकर, गणेश लगायतका हिमालहरु देखिन्छ । बनेपा, बर्दीबास विपी राजमार्गले यसलाई सुगम स्थान बनाएको छ । सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो ।

अङ्ग्रेज सेना नेपाल आक्रमण गर्न आउँदा यस ठाउँबाट हारेर फर्केका थिए । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट लगभग २० किलोमिटर उत्तरमा रहेको यो ठाउँले सामरिक, राजनैतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको छ । नेपाल अङ्ग्रेज युद्धको अन्तिम अवस्थामा पृथ्वीनारायण शाहका गोर्खाली सेना र स्थानीय भद्रकाली, जलकन्या, रतन्चुरा आदि गाउँका जनताले अंग्रेज सेनालाई परास्त गरेका थिए । ढुङ्गा, अरिङ्गालको गोला, सिस्नो लगायतका साधन प्रयोग गरेर अङ्ग्रेज सेनालाई फिर्ता हुन बाध्य पारिएको थियो । राजा जयस्थिति मल्लको पालामा बनेको दरबार आज जीर्ण अवस्थामा छ । यस्ता ऐतिहासिक महत्वका सम्पत्ति र ठाउँहरुको संरक्षण गर्नु जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *