प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जाने ।

 


काठमाडौं, कार्तिक ११ गते ।
प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन बेलायत जाने भएका छन् । कार्तिक १५ र १६ गते अर्थात् नोभेम्बर १ र २ मा हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा एक प्रतिनिधिमण्डल सहित जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसारa देउवा शनिबार लण्डनमा बेलायती सांसदहरुको एक समूहसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी शनिबार नै यूके–नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । आइतबार गैरआवासीय नेपाली संघ र भूपू गोर्खा सैनिकहरुको संगठनका प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवा सोमबार कोप–१६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यही दिन उनले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवा कार्तिक १८ गते स्वदेश फर्किनेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *