विद्यालय तहका विद्यार्थी कुमालेको मुछेको माटो बराबर हुने भएकाले यिनीहरुलाई जता लग्यो त्यतै जान्छन् ।

 

काठमाडौं, कार्तिक ८ गते ।
विद्यालय तहका विद्यार्थी कुमालेको मुछेको माटो बराबर हुने भएकाले यिनीहरुलाई जता लग्यो त्यतै जान्छन् । किनकी उनीहरुले के गर्ने के नगर्ने सम्बन्धमा विवेक प्रयोग गर्न सक्दैनन् । उनीहरुलाई राजनीतिक दलले आफ्नो भातृ संगठन मार्फत राजनीतिमा समाहित गरेपछि उनीहरुको पढाईमा अवरोध पुग्छ । नाराजुलुस तोडफोडमा संलग्न गराएपछि त पढ्ने काम गौण नै भई हाल्छ । विद्यालय तहका विद्यार्थी शैक्षिक गुणस्तर स्तरीय नहुनुमा बढी जिम्मेवार हुँदैनन् । वातावरणीय प्रभावका कारण वा व्यक्तिगत जन्मजात गुण र क्षमताका कारण हुने प्रभाव सामान्य वा निमित्त कारण हुन्छ । प्रत्येक सामुदायिक विद्यालयको व्यवस्थापन समिति हुन्छ । उक्त समिति समुदायबाट चयन गरिन्छ । त्यहाँ पनि राजनीतिक दलको चुनाव जस्तै पार्टीगत आधारमा प्रतिनिधित्व हुन्छ । विद्यालय व्यवस्थापन समितिलाई राजनीतिक दलको मिनी निर्वाचन भन्दै सिंगो पार्टी नै आफ्नो मान्छेलाई जिताउन लागेको देख्दा नेपालको राजनीति साँच्चै फोहोरी नै भएछ भन्ने हुन्छ ।

यसरी चयन भएको व्यवस्थापन समितिले राम्रोको ठाउँमा हाम्रो गर्दा परिणाम खराब आउँछ । विद्यालय तहमा कर्मचारी नगन्य मात्रामा हुन्छन् । उनीहरुको पनि हालत त्यस्तै हो । नेपालका दुरदराजका जनता अर्थात् अभिभावक आफै अशिक्षित छन् । अभिभावक घरका शिक्षक हुन् । आफ्नो छोराछोरीको पढाईको गुणस्तर नाप्न सक्दैनन् र शिक्षण संस्थामा गएर कुरा राख्न सक्दैनन् । अभिभावक पनि राजनीतिक दलका पछाडि कुद्ने भएपछि त शिक्षा क्षेत्र प्रभावित हुने भइहाल्यो । सरकारी तहबाट बेलाबेलामा हुने अनुगमन पनि जिम्मेवार छ । विद्यालय शिक्षालाई समयसापेक्ष परिमार्जन गर्न नसक्दा राम्रो परिणाम प्राप्त विद्यार्थी पनि बेरोजगार हुनु परेको छ । विद्यालय क्षेत्र शिक्षा आर्जन बाहेक अन्य प्रयोजनको लागि प्रयोग गर्नु नहुने कुरालाई सबैले ख्याल गर्न जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *