फिर्ता दिने खुद्रा पैसा छैन भन्दै भाडाका सवारी साधनहरुले यात्रुहरुलाई ठग्दै, सरोकार निकाय मौन ।

 

काठमाडौं, कार्तिक ८ गते ।
भाडाका सवारी साधनहरुले फिर्ता दिने खुद्रा पैसा छैन भन्दै यात्रुहरुबाट दैनिक ठूलो रकम ठगी गरिरहेका छन् । १८ रुपैयाँ तिर्नुपर्नेमा सवारी साधनहरुले यात्रुबाट २० रुपैयाँ लिने गरेका छन् । २ रुपैयाँ फिर्ता दिनुहोस भन्दा फिर्ता दिने खुद्रा पैसा नभएको जवाफ दिन्छन् । २ रुपैयाँमा के विवाद गर्नु भन्दै यात्रुहरुले फिर्ता नलिकनै हिँड्छन् । यात्रुहरुले २ रुपैयाँ भनेर छोड्छन तर सवारी साधनहरुले भने दैनिक हजारौँ ठगी गरिरहेका हुन्छन् । पटक–पटक भाडाका सवारी साधन प्रयोग गर्नुपर्ने यात्रुहरुबाट त झनै बढी ठगी गरेका हुन्छन् ।

काठमाडौं उपत्यकाका सवारी साधनहरुलाई फिर्ता दिने खुद्रा पैसा छैन भन्ने बहाना ठगी गर्ने राम्रो हतियार भएको छ । सरोकार निकायले यसमा कुनै चासो नदिँदा सवारी साधनहरुले मनोमानी ढंगले भाडा उठाएर ठगी गरिरहेका छन् । फिर्ता दिने खुद्रा पैसा छैन त्यसैले खुद्रा पैसा दिनुहोस भनेपछि यात्रुहरुले फिर्ताका लागि थप जोड गरेको देखिँदैन । यस प्रकारको ठगीबाट यात्रुहरुलाई जोगाउन फिर्ता पैसा अनिवार्य दिन भाडाका सावरी साधनहरुलाई सरोकार निकायहरुले बाध्य गर्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *