सिल्क ग्रुपद्वारा नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीबाट रासायनिक मल ल्याउन शुरु ।

 


काठमाडौं, कार्तिक ६ गते ।
कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाकाबाट भित्रिन शुरु गरेको छ । तातोपानी भन्सार कार्यालयबाट काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा पठाउने तयारी भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै चीनबाट मल ल्याएको हो । पाँच हजार एक सय मेट्रिक टन मल आयातको अनुमती पाएको सिल्क ग्रुपले हालसम्म ३ सय ४० मेट्रिक टन मल भित्र्याएको छ । सम्झौता अनुसार बाँकी मल भित्रिने क्रममा रहेको छ । सिल्क ग्रुपले एक महिनाभित्र सबै मल ल्याइसक्ने बताएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *