बाढीपहिरोबाट ९२ जनाको मृत्यु, पाँचथरमा मात्रै २४ जनाको मृत्यु, ३६ जना बेपत्ता ।

 


काठमाडौं, कार्तिक ४ गते ।
मनसुनपछि आएको वर्षाका कारण देशभर ९२ जनाको मृत्यु भएको छ । पाँचथरमा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर ३६ जना बेपत्ता भएका छन् । १७ जिल्ला अत्याधिक प्रभावित भएका छन् । विगत आइतबारदेखि भएको अत्याधिक वर्षाका कारण धेरै जनधनको क्षति भएको हो । गृहमन्त्रालयका अनुसार सबैभन्दा धेरै मानवीय क्षति पाँचथरमा भएको छ । पाँचथरपछि सबैभन्दा धेरै मानवीय क्षति इलाममा भएको छ । इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा १२ जनाको मृत्यु भएको छ । पहिरोमा परेर धनकुटामा ७ जनाको मृत्यु भएको छ । हुम्लामा ६ जना र बैतडीमा ४ जनाको मृत्यु भएको छ । उदयपुर, सुनसरी र बझाङमा दुई–दुई जनाको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *