कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुराको राईबजार नजिकै दुर्घटना, १६ जना घाइते ।

 


काठमाडौं, असोज २६ गते ।
कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । डडेल्धुराको अमरगढी नगरपालिकाको राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ना ७ ख १७४ नम्बरको बस दुर्घटना भएको हो । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष रहेका छन् । बसको ब्रेक फेल भएर आज बिहानै बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ५०/६० जनाको संख्यामा यात्रु बोकेको बस ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *