गीतकार एवम् संगीतकार मिना लामाको दशैँ गीत ‘परदेशको पीडा’ सार्वजनिक भई बजारमा ।

 

काठमाडौं, असोज १७ गते ।
गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत सार्वजानिक गरेका हुन । राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ । गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका हुन ।

गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वर सम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए । भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक, सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो । कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *