ग्यालेक्सी फोर के टिभीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

 


काठमाडौं, असोज १६ गते ।
प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । पत्रकारिताको क्षेत्रमा फोर के टिभीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक देशमा प्रेस चौथो अङ्गको रुपमा रहने भएकाले सरकारले सोही बमोजिम व्यवहार गर्ने बताए । उक्त मान्यता अनुसार नै प्रेसलाई फस्टाउनको निम्ति सरकारले सहयोग गर्ने भनाई व्यक्त गरे ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *