काउली ६० रुपैयाँबाट बढेर ९० रुपैयाँ पुग्यो भने तिते करेला २० रुपैयाँबाट बढेर ८० रुपैयाँ ।

 

काठमाडौं, भदौ २९ गते ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिको मूल्य सूची अनुसार तरकारीको मूल्य अचाक्ली बढेको छ । समितिद्वारा प्रकाशित सूची अनुसार विगत एक महिनामा चार गुणासम्म मूल्य वृद्धि भएको छ । मूल्य सूची अनुसार पालुङ्गोको खुद्रा मूल्य एक दिनमै पचास रुपैयाँसम्म वृद्धि भएकोa छ । बेमौसमी तरकारीको पनि मूल्य वृद्धि भएको छ ।

एक महिना अघि २५ रुपैयाँ पर्ने बोडीको मूल्य ६५ रुपैयाँ पुगेको छ । ६० रुपैयाँमा पाइने काउली ९० रुपैयाँ पुगेको छ । लौका २५ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ । तिते करेल २० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । त्यसैगरी अदुवा, आलु, हरियो खुर्सानी, काँक्रो, गाजर, गोलभेडा, परवर, प्याज, फर्सी, हरियो धनियाँ, च्याउ, चिचिन्डो लगायतका तरकारीको मूल्य बढेको छ । तरकारीमा एकाएक मूल्य वृद्धि हुँदा काठमाडौं उपत्यकाका उपभोक्ता मारमा परेका छन् ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *