काठमाडौं उपत्यकाको परिचय र इतिहास जोडिएको काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा ।

 


काठमाडौं, भदौ २६ गते ।
काठमाडौं उपत्यकाको परिचय र इतिहास जोडिएको काष्ठमाण्डपको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यका अनुसार पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । अहिले फिनिसिङको काम भइरहेको छ । उनका अनुसार अबको तीन महिनामा काम सम्पन्न हुनेछ । भुईँ तलाको बार्दली लगाउन र भुर्इँमा तेली इँट्टा लगाउन बाँकी रहेको छ । पुननिर्माणमा सातौँ शताब्दीको प्रबिधि र शैली प्रयोग गरिएको छ । काठ, माटो र इँट्टाको प्रयोग गरेर पुनर्निर्माण गरिएको छ । कुल १२ करोडको लागतमा पुननिर्माण सम्पन्न हुने विश्वास गरिएको छ ।

 

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *