एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीका सबै पदबाट राजिनामा दिए ।

 

काठमाडौं, भदौ १९ गते ।
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीका सबै पदबाट राजिनामा दिएका छन् । राजिनामा पत्र पार्टी कार्यालय सचिव शेर बहादुर तामाङलाई पार्टी कार्यालय पुगेर बुझाए । राजिनामा पत्रमा गौतमले पार्टी अध्यक्ष केपी ओलीकै कारण राजिनामा दिएको बताएका छन् । उनले राजिनामा पत्रमा तपाईँकै गलत विचार र कार्यशैलीका कारण आफैँले निर्माण गरेको पार्टी छोड्न बाध्य भएको उल्लेख गरेका छन् । उपाध्यक्ष लगायत पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएको छु भन्दै राजिनामा पत्र बुझाएका छन् । कम्युनिष्ट आचरणविरुद्ध कार्य गरेको, पार्टीका विधि र प्रक्रियालाई उल्लंघन गरेको आरोप लगाएका छन् ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *