काठमाडौं उपत्यकाका विद्यालयहरुले भौतिक रुपमै कक्षा सञ्चालन गर्ने तयारी गर्दै ।

 


काठमाडौं, भदौ १८ गते ।
काठमाडौं उपत्यकाका विद्यालयलहरुले भौतिक रुपमै कक्षा सञ्चालन गर्ने तयारी गर्दैछन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले स्थानीय तहले निर्णय गरेर विद्यालय भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै विद्यालयले गृहकार्य अगाडि बढाएका हुन् । काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालय सञ्चालनको गृहकार्य अगाडि बढाएको छ ।जिल्ला कोभिड व्यवास्थापन समितिसँग समन्वय गरेर मात्रै विद्यालय सञ्चालन गर्न पाउनेछन् । संस्थागत तथा सामुदायिक विद्यालयहरुले काठमाडौं महानगर समक्ष भौतिक रुपमा कक्षा सञ्चालन गर्न पाउनु पर्ने भन्दै दबाब दिइरहेका छन् । ललितपुर महानगर र भक्तपुर नगरपालिकाले पनि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्न थालेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *