पहिलो खोप लगाएका ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी विकास ।

 


काठमाडौं, भदौ १३ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो खोप लगाएका ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोरोना भाइरसको एन्टिबढी विकास भएको पाइएको छ । कोरोना विरुद्ध लगाएको खोप प्रभावकारी भएको मन्त्रालयले जनाएको छ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा समान रुपमा एन्टिबढी विकास भएको पाइएको छ । जति बढी मानिसमा एन्टिबढी विकास हुन्छ त्यति नै बढी खोप प्रभावकारी भएको मानिन्छ । कोरोना भाइरसले रुप बदलिरहने भएकाले संक्रमणको जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । त्यसका लागि स्वास्थ्य मापदण्डलाई कडाई पूर्वक पालना गर्न समेत मन्त्रालयले सर्बसाधारणलाई अनुरोध गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *