जल तथा मौसम विज्ञान विभागका अनुसार दुई महिनामा नब्बे प्रतिशत वर्षा ।

 


काठमाडौं, भदौ १० गते ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दुई महिनामा नब्बे प्रतिशत वर्षा भएको छ । विभागले निकालेको तथ्याङ्क अनुसार जेष्ठ २८ गतेबाट भित्रिएको मनसुन हालसम्म औसतको नब्बे प्रतिशत भित्रिएको हो । मौसम अवधिभर हुने औसत वर्षा १ हजार ४०२ मिलिमिटर हो ।

त्यसमध्ये हालसम्म १ हजार २६६ मलिमिटर वर्षा भएको हो । विभागले देशभरका विभिन्न दुई सयभन्दा बढी स्टेशनबाट निकालेको तथ्याङ्कको आधारमा उक्त जानकारी गराएको हो । नेपालमा जेष्ठ १५ देखि असोज १५ सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *