कोभ्याक्स सुविधा अन्तर्गत जापानले उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो ।

 


काठमाडौं, भदौ ६ गते ।
कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख खोप मध्ये २ लाख ८ हजार सात सय खोप काठमाडौं आइपुगेको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँ स्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई खोपa हस्तान्तरण गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *