काठमाडौं, असार २६ गते ।
अमेरिकाले नेपाललाई दिन लागेको कोरोना विरुद्धको खोप जोन्सन एण्ड जोन्सन खोप सोमबार नेपाल आईपुग्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो फेसबुक पेज मार्फत् उक्त जानकारी गराउनु भएको हो । अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।