अमेरिका युरोपको अवस्था सुधार गर्न भनेर मार्शल प्लान मार्फत युरोप प्रबेश ग¥यो ।

 


काठमाडौं, असार २६ गते ।

वार्सा प्याक्ट अर्थात वार्सा ट्रिटी अर्गनाइजेशनको जन्म शीतयुद्धका उदयसँगै भएको हो । दोस्रो विश्वयुद्ध पश्चात विश्व पुँजीवादी खेमा र साम्यवादी खेमामा बाँडियो । पुँजीवादी खेमाको नेतृत्व संयुक्त राज्य अमेरिकाले ग¥यो भने साम्यवादी खेमाको नेतृत्व तत्कालीन सोभियत संघले ग¥यो । दोस्रो विश्वयुद्धमा युरोप तहसनहस भयो । अमेरिका युरोपको अवस्था सुधार गर्न भनेर मार्शल प्लान मार्फत युरोप प्रबेश ग¥यो । पश्चिम युरोपमा पुँजीवादी नेतृत्व कायम ग¥यो । पूर्वी युरोपमा भने सोभियत संघले आफ्नो वैचारिक प्रभाव विस्तार ग¥यो । दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका र सोभियत संघ आफूलाई सुपर पावर बनाउने होडबाजीमा एकाएक लागे । परिणामतः यी दुई देशकाबीच युद्धको अवस्था सिर्जना हुन पुग्यो । यी दुवै देश आणविक शक्ति सम्पन्न भएका कारण एक अर्काको विरुद्ध भौतिक आक्रमणमा उत्रन सकेनन् । तर, शीतयुद्धमा उत्रे ।

विश्वमा कुनैपनि बेला तेस्रो विश्वयुद्ध हुन सक्ने सन्त्रास बढ्यो । संयुक्त राज्य अमेरिकाले युद्धको तयारीकै रुपमा उत्तर एटलान्टिक क्षेत्रका देशहरुलाई समेटेर सन् १९४९ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को निर्माण ग¥यो । त्यसैको काउन्टर ब्यालेन्सको रुपमा सन् १९५५ मे १४ का दिन सोभियत संघले पूर्वी युरोपका देशहरुलाई समेटेर वार्सा ट्रिटी अर्गनाइजेशन (वार्सा प्याक्ट¬) को निमार्ण ग¥यो । सोभियत संघको विघटनसँगै सन् १९९१ जुलाई १ को दिन वार्सा प्याक्टको पनि विघटन भयो । अल्बानिया, बुल्गेरिया, चेकोस्लाभाकिया, पूर्वी जर्मनी, हंगेरी, पोल्याण्ड, रोमानिया र सोभियत संघ यसका सदस्य राष्ट्रहरु रहेका थिए । वार्सा प्याक्ट सोभियत संघ र पूर्वी युरोपका स्याटेलाइट स्टेट अर्थात् ननकोलोनाइज्ड स्टेटहरुसँगको सन्धि हो । वार्सा प्याक्टलाई मित्रता, सहकार्य र आपसी सहयोगको सन्धिको रुपमा पनि लिइन्छ ।

सोभियत संघका तत्कालिन शासक निकिता ख्रुश्चेभको अगुवाइमा यो संगठनको निर्माण भएको थियो । शीतयुद्धमा जर्मनी दुई खेमामा बाँडियो । सिंगो जर्मनी पश्चिम जर्मनी र पूर्वी जर्मनी भयो । पश्चिम जर्मनी अमेरिका समर्थक भयो । अर्थात् पश्चिम जर्मनी पुँजीवादी दिशामा बढ्यो । पूर्वी जर्मनी सोभियत संघ समर्थक भयो । अर्थात् साम्यवादी दिशामा गयो । पश्चिम जर्मनी नेटोको सदस्य राष्ट्र भएपछि वार्सा प्याक्टको निर्माण गरियो । यसलाई पूर्वी ब्लकको राजनीतिक तथा सैनिक गठबन्धन पनि भनिन्छ । सोसलिस्ट ब्लक, कम्युनिष्ट ब्लक र सोभियत ब्लकको नामले पनि यो संगठनलाई सम्बोधन गरिन्छ । सामुहिक प्रतिरक्षा सन्धिको रुपमा पोल्याण्डको राजधानी वार्सामा हस्ताक्षर भई यसको स्थापनाको घोषणा भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *