वर्षा कम भएसँगै सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामेमा सडक र पुल मर्मत कार्य शुरु भएको छ ।

 


काठमाडौं, असार ८ गते ।

लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामे क्षेत्रमा जनधनको व्यापक क्षति भयो । बाढीका कारण अस्तव्यस्त भएका भौतिक संरचनाहरुको पुननिर्माण शुरु गरिएको छ । मेलम्चीमा दर्जन बढी पुल बगाएको थियो । ग्रामीण सडकहरुमा व्यापक क्षति पुगेको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार सडक र पुल पुननिर्माण शुरु गरिएको छ । हेलम्बु क्षेत्रमा पनि सडक मर्मत गर्ने कार्य भइरहेको छ । मनाङको सदरमुकाम चामे क्षेत्रमा बगाएका पुल र भत्काएका सडकको मर्मत् कार्य प्रारम्भ भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । सोमबारदेखि मनसुन कम भएसँगै पुननिर्माण कार्य शुरु गरिएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *