वैज्ञानिक थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा संयुक्त राज्य अमेरिकाको मिलानको ओहिओमा भएको थियो ।

 


काठमाडौं, असार ८ गते ।

वैज्ञानिक थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा संयुक्त राज्य अमेरिकाको मिलानको ओहिओमा भएको थियो । त्यसैगरी अमेरिकाको वेष्ट ओरेन्जको न्यू जर्सीमा सन् १९३१ मा मृत्य भएको थियो । उनी विश्वकै महान् आविष्कारक हुन् । उनलाई मेन्लो पार्कका जादुगर पनि भन्ने गरिन्छ । अमेरिकी वैज्ञानिक एडिसन अध्ययन, अनुसन्धान र आविष्कारका पर्यायवाची मानिन्छन् । थोमस अल्वा एडिसनको नाममा १०९३ वटा आविष्कारहरु दर्ता गरिएका छन् ।

जसमध्ये इलेक्ट्रिक वल्व, सिनेमेटोग्राफी, टेलिग्राफ, काउन्टिङ मशिन, ग्रामोफोन, चलचित्र क्यामरा तथा प्रोजेक्टर, डायनामो, इलेक्ट्रिक पेन, विद्युतीय रेल आदि प्रमुख रहेका छन् । अलेक्जाण्डर ग्राहम वेलको टेलिफोनलाई सुधार गरी त्यसलाई बढी प्रभावकारी बनाए । टेलिफोनमा हेलो शब्द प्रयोग गर्ने पहिलो व्यक्ति पनि एडिशन नै थिए । वैज्ञानिक अनुसन्धानमा रुचि भएका एडिसनले आफ्नै घरको एक कुनामा सानो प्रयोगशाला बनाएका थिए । उनले २३ वर्षको उमेरमै स्टक टिकर मेशिन बनाएका थिए । उक्त मेशिनलाई ४० हजार डलरमा बेचेर प्राप्त पैशाबाट ठूलो प्रयोगशाला बनाएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *